सार्वजनिक भयो राष्ट्रिय वाणिज्य बैंकको परीक्षा तालिका

काठमाडौं । लामो समयको रस्साकस्सीपछि लोकसेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकको परीक्षा मिति तय गरेको छ । आयोगले बरिष्ठ प्रवन्धक ९ तह र प्रवन्धक ८ तहको परीक्षा केन्द्र समेत तोकेको छ । अन्य पदको हकमा मिती तोकिएपनि परीक्षा केन्द्र तोकिएको छैन ।

आयोगले चैत २२ गते विभिन्न पदमा गरेर ६११ पदमा आवेदन खुलाएको थियो । आवेदन खुले पनि वाणिज्य बैंकमा क्रियाशिल कर्मचारी संगठनले यसको विरोधमा अदालत गएपछि परीक्षाको मिति अन्यौल भएको थियो ।

पुस पहिलो साता विज्ञापन खुल्ने भनिए पनि कर्मचारी विनिमावली समयमै सम्वन्धित निकायहरुबाट पारित नहुँदा विज्ञापन खुल्ने समय नै पछि धकेलिएको थियो । चैत २२ मा बल्लबल्ल बैंकले विज्ञापन खोलेपछि पनि नयाँ विनियावलीका कारण परिक्षाको मिति अनिश्चित बनेको थियो । तर, लोक सेवा आयोगको सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको परीक्षा संचालन शाखाले परिक्षाको कार्यतालिकासहित सुचना प्रकाशन गरेसँगै सबै अन्योल हटेको छ ।

 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...