तराईमा गर्मी बढेको बढ्यै, नेपालगञ्जमा पुग्यो ४३ डिग्री सेल्सियस

काठमाडौं । केही दिनयता गर्मीले तराईको जनजीवन प्रभावित बनेको छ । दैनिक बढ्ने तापक्रमका कारण मानिसहरुले सहजरुपमा कार्य सञ्चालन गर्न सकेका छैनन् । 

सबैभन्दा बढी गर्मी नेपालगञ्जमा छ । पानी नपर्दा नेपालगञ्जसहित देशभरी कै तापक्रम बढेको हो । बिहीबार नेपालगञ्जको तापक्रम यो वर्षकै उच्च मापन गरिएको छ । बिहीबार दिउँसो नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको थियो । 

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको वर्ष नेपालगन्जमा वैशाख २६ गतेको अधिकतम तापक्रम ३६ दशमलव ७ डिग्री सेल्सियस थियो ।

बिहीबार धनगढीको तापक्रम ४२ दशमलव २ डिग्री सेल्सियस, दिपायलको ४० दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौको तापक्रम ३१ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

यता, शुक्रबार पश्चिममा पश्चिमी वायु प्रवेश गर्ने भएकाले पश्चिमी क्षेत्रको मौसम बदली हुने मौसमविद्ले बताएका छन् । मौसम बदली भएसँगै बढ्दै गएको तापक्रम थोरै घट्ने अनुमान मौसमविद्को छ । पश्चिमी वायुको प्रभावले अबको तीन दिन पहाडी क्षेत्रको एकदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना छ ।

पश्चिमी तराई बाहेक पूर्व र मध्य क्षेत्रको तराईमा भने मौसम सफा हुनेछ । शुक्रबार दिउँसो काठमाडौसहित मध्य र पूर्वी पहाडी भेगको एकदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्को अनुमान छ । तर ठूलो पानी पर्ने संभावना भने छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...