राष्ट्रपति भण्डारीले भनिन्, भ्रष्टाचार, बेथिति अन्त्य हुँदै गएको छ

‘स्याटालाइटबाट सूचनामा पहुँच पुर्‍याउन सरकार सफल’

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारी आगामी आर्थिक वर्ष ०७५/७६को निति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । समृद्ध नेपाल र सुखी नेपालीको आंकाक्षा पुरा गर्न राष्ट्रिय नारा निर्धारण गरिएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले कार्यक्रमको सुभारम्भ गरेकी हुन् ।

निति तथा कार्यक्रम प्रस्तुत गर्नुपहिले उनले राष्ट्रिय एकतालाई ध्यानमा राखेको बताएकी छन् । भष्ट्राचार मुक्त देश बनाउन सरकार लागेको बताउदै सरकारले देशमा सुशासन कायम गरेको र हत्या हिंसा अन्त्य भएको बताइन् । देशमा यही सरकारको पालामा असाधारण उपलपिब्ध हासिल भएको बताइन् ।

साथै नेपालको विकासमा छिमेकी मुलुकहरुको सहयोग बढेको तथा आफ्नो चिन भ्रमणको क्रममा ६ ओटा महत्वपुर्ण सम्झौता भएको बताउँदै विभिन्न देशमा भएका भ्रमणले विभिन्न देशसंगको सम्बन्ध, महिलाको विकासको विषयमा छलफल भएको बताइन् । भारत र चिन संगको सम्बन्धमा उल्लेखनीय प्रगती भएकोे उनले बताइन् ।

सरकारले बनाएको आर्थिक नितिबाट देशमा आर्थिक वृद्धिको आअधार तयामर भएको भन्दै सरकारले गरेको लगानी सम्मेलनले नेपाल लगानी गर्न योग्गय र उद्यमशिलता भएको देश भनेर प्रमाणित भएको बताइन् । अनावशेक खर्च हटाई विकासमा लगानी गरिएको समेत बताइन् । 

नेपालको नदीहरुमा नेपालको झण्डा सहितका पानी जहाज चलन थालेको र सरकारको विकासको सोचहरु सही सावित भएको बताइन् । जनताको सुख दुखमा घरघरमा पुगेको छ ।

जुम्लाको सुत्केरी महिलाको उद्धार तथा हावाहुरी पिडित स्थानमा सरकारले चासोको साथ लिएको बताइन् । देशमा ९०० मेगावट क्षमताको अरुण तेस्रोको उद्घाटन गरिएको र विद्युतको क्षेत्रमा भारतसंग समेत सम्झौता भएको बताइन् ।

विद्यालय बाहिर रहेका २१ सय बालबालिकालाई विद्यालय जाने वातावरण बनाइएको बताउदै कुल सिंचाई योग्य भुमिमध्ये ८१ प्रतिशत भुमिमा सिंचाई सेवा पुर्याइएको बताइन् ।

भुकम्पपछि बन्द भएको तातो पानी नाका र सुख्खा बन्दरगा्रह यसै वर्ष पछि सञ्चालनमा अआउने भएको छ । शिक्षा, स्वास्थ्य, सामाजिक सेवा जस्ता क्षेत्रमा सरकारले विशेष ध्यान दिएको छ ।

एकिकृत सामाजिक सुरक्षा योजना अन्र्तगत सबैलाई एकै ठाँउमा ल्याउने काम गरेको र ज्येष्ठ नागरिक योजना अन्र्तगत काम गरेको बताइन् । हिमशृङखला सफाई सुरु गरेको छ । सुन तस्करी, मूलय अविवृद्धि जस्तो काम गर्नेलाई कानुनी दायरामा ल्याईएको छ ।

 उनले भनिन्, अब नेपालको आफ्‍नै स्याटालाइटबाट सूचनामा पहुँच पुर्‍याउन सकिने बताउदै  ‘अब नेपाल आफ्नै स्याटालाइटमार्फत सूचनामा पहुँच पुर्‍याउन सफल भएको छ । उनले भनिन्, यसले प्रविधिमा फड्को मारेको छ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...