बाँकेमा क्यानको डिजिटल बनाउने तयारी

बाँके । बाँके  जिल्लामा रहेका स्थानीय तहसँग समन्वय गरेर झण्डै ३० लाख लगानीमा १ सय वटा वेभसाइड बनाउने तयारीमा क्यान देखिएको छ । क्यान महासंघ बाँकेले डिजिटल बाँके बनाउने अभियान सुरु गर्ने भएको छ ।

 राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा नेपालगन्जमा क्यान महासंघ बाँकेले आयोजना गरेको र्याली, सभा तथा आइडिया पिच इभेन्ट कार्यक्रममा क्यान महासंघ बाँकेका अध्यक्ष भोजराज तिमिल्सिनाले बाँकेलाई डिजिटल बनाउन क्यानले अभियान सुरु गर्न लागेको जानकारी दिएका हुन् ।


महासंघका बाँकेका अध्यक्ष तिमिल्सिनाले बाँके जिल्लालाई प्रविधि मैत्री बनाउन स्थानीय तहसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताए । उनले प्रविधिको नयाँ आविष्कारलाई जनस्तरसम्म पहुँच पुर्याउनका लागि क्यानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए ।

 ‘प्रत्येक स्थानीय तहलाई डिजिटलाइज्ड गर्न समन्वयका लागि आव्हान गर्दछौं’, कार्यक्रममा संघ अध्यक्ष तिमिल्सिनाले भने, ‘प्रविधिको प्रयोगले लागतमा कमी आउनुका साथै काम सहज रुपमा हुनसक्छन् ।’


क्यानले स्थानीय तहसँग सहकार्य गरेर जानकारीमूलक १ सय वटा वेभसाइट बनाउन लागेको हो । ‘झण्डै ३० लाख लगानीमा वेभसाइट बनाउन लागेका हौं’, अध्यक्ष तिमिल्सिनाले भने, ‘यसै बर्षभित्र योजना अनुसारका काम सम्पन्न गर्नेछौं ।’

 बिहीबार आयोजित र्याली पछिको सभालाई सम्बोधन गर्दै क्यान महासंघका केन्द्रीय सदस्य इश्वर पोखरेलले यस क्षेत्रमा सञ्चालित सूचना प्रविधिसँग सम्बद्ध शैक्षिक संस्थाका विद्यार्थीहरुलाई क्यान बाँकेले उत्कृष्ट अवसर उपलब्ध गराउने बताएका थिए ।


क्यान प्रदेश ५ का अध्यक्ष सुदिप शर्माले क्यानले प्रविधिको पहुँच ग्रामीण क्षेत्रसम्म पुर्याउनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको जानकारी दिए । ‘हामी प्रदेश ५ लाई नै प्रविधिसँग जोडेर डिजिटल प्रदेश बनाउने अभियानमा सक्रिय छौं’, अध्यक्ष शर्माले भने, ‘त्यसका लागि सबै प्रदेश ५ का सबै जिल्ला सक्रिय रहेको छ ।’

 उनले हालै प्रदेश स्तरीय इन्फोटक बुटवलमा सम्पन्न भएको जानकारी दिंदै दाङ्गमा सूचना प्रविधि सेमिनार दाङ्गमा आयोजना भएको बताए ।

 ‘प्रदेश ५ का १२ वटै जिल्लामा आइसीटी सेमिनार तथा गोष्ठी गर्ने तय भैरहेको छ’, अध्यक्ष शर्माले प्रविधिमैत्री प्रदेश बनाउने अभियान जारी रहेको जानकारी दिंदै भने । 


क्यान महासंघका पूर्व अध्यक्ष संजय थापाले सिर्जनशील युवाहरुले आविष्कार गरेको उपयोगी विभिन्न एपहरुलाई प्रयोगमा ल्याउन सरकारले सघाउनु पर्ने धारणा राखेका थिए ।

 उनले नयाँ नयाँ उपयोगी एप बनाउने युवाहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्ने नीति ल्याउनु पर्ने बताएका थिए ।


नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले प्रविधिका लागि गरिने प्रयासहरुमा आफुहरुको सहकार्य गर्न तयार रहेको बताइन् । 

‘प्रविधि विकासका लागि उपमहानगरपालिका सहयोगका लागि तयार छ’, नगर उपप्रमुख थापाले भनिन्, ‘उपमहानगरपालिका पनि डिजिटलाइल्ड भैरहेको छ, थप सहयोगका लागि क्यान सँग सहकार्य गर्न अनुरोध पनि छ ।’


क्यान महासंघले बिहीबार आइडिया पिच इभेन्ट पनि आयोजना गरेको छ । प्रविधिका क्षेत्रमा नयाँ नयाँ विकास गर्ने युवाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले क्यानले पिच इभेन्टको आयोजना गरेको हो ।


 ‘प्रविधिको प्रयोगबाट दैनिक कार्यहरु सहज बनाउने लक्ष्य प्रति उन्मुख युवाहरुलाई प्रोत्साहित गर्न इभेन्ट आयोजना गरेका हौं’, क्यान महासंघ बाँकेका अध्यक्ष तिमिल्सिनाले भने, ‘कार्यक्रममा उपयोगी एपको अवरधारणा ल्याउने प्रतियोगीहरुलाई सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।’ 

उनले उत्कृष्ट अवधारणा ल्याउने बाँके बागेश्वरी कलेजका काशिराम गौतमलाई नगद ५ हजार र थप ३ जनालाई सान्त्वना पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम बीच क्यान महासंघ बाँकेले प्रकाशन गरेको क्यालेण्डरको विमोचन समेत गरिएको थियो । 


कार्यक्रमको सञ्चालन क्यान महासंघ बाँकेका सहसचिव मेघराज घिमिरेले गरेका थिए ।


क्यान महासंघ बाँकेमा हाल दुई सय बढी सदस्य आबद्ध छन् । क्यानले सय वटा वेभसाइट बनाउनका लागि इगलआइसँग समन्वय गरिरहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...