मौसम खराब हुँदा आन्तरिक उडान अबरुद्ध

काठमाडौँ । उडानका लागि मौसम अनुकुल नहुँदा पश्चिम नेपालका हवाई उडान अबरुद्ध भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएको जानकारीअनुसार भैरहवादेखि पश्चिमका सबै उडान अवरुद्ध भएका छन् ।

अहिले पोखरासम्ममात्र जहाज गएको विमानस्थलका प्रवक्ता प्रताव तिवारीले जानकारी दिए । पूर्वी नेपालमा भने उडान भइरहेको छ । तर यो समाचार तयार पार्दासम्म काठमाडौंबाट विराटनगरका लागि गएको बुद्ध एयरको जहाजले अवतरण गर्न सकिरहेको छैन ।

विमानस्थलहरूमा सामान्यतया दुई नियमअनुसार जहाज उडान–अवतरण गरिन्छ । एउटा भिजुअल फ्लाइट रुल (भिएफआर) र अर्को इन्स्ट्रयुमेन्टल फ्लाइट रुल (आइएफआर) ।

सामान्य अवस्थामा भीएफआर नियमबाट उडान अवतरण गरिन्छ । यस नियमअनुसार काठमाडौंमा भिजिबिलिटी ५ हजार मिटर आवश्यक पर्छ ।

यो नियमअनुसार जहाजको उडान अवतरण छिटो हुन्छ । किनकि यसमा पाइलटले आफैँ हेरेर कन्ट्रेल टावरसँगको समन्वयमा जहाज उडान–अवतरण गराउन सक्छन् ।

खराब मौसमका कारण भीएफआर नियमअनुसार उडान अवतरण सम्भव नभए आइएफआर उडान गर्न सकिन्छ । यसका लागि काठमाडौंमा २ हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ ।

काठमाडौंबाहेकका विमानस्थलमा आइएफआर नियमअनुसार उडान–अवतरण गर्न २ हजारदेखि २५ सय मिटरसम्मको भिजिबिलिटी आवश्यक पर्छ ।

भिएफआरको तुलनामा आइएफआरमा उडान–अवतरणको समय बढी लाग्ने भएकाले जहाजहरू ग्राउन्डमा भए डिले हुने र आकाशका भए होल्ड गर्नुपर्ने समस्या देखिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...