विवाहको ४९औँ वर्षगाँठमा कोमलले केक खुवाउँदा ज्ञानेन्द्र दङ्ग

काठमाडौँ ।  पूर्व राजा ज्ञानेन्द्र शाहले पत्नी कोमलसँगको आफ्नो विवाहको ४९ औँ बर्षगाँठ मनाएका छन् । तत्कालिन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग तत्कालिन युवराज ज्ञानेन्द्रको १९ बैशाख ०२७ मा विहे भएको थियो ।

रथी केन्द्र शमशेरकै जेठी छोरी ऐश्वर्य राणासँग एक बर्षअघिमात्र ०२६ मा तत्कालिन युवराज वीरेन्द्रले विहे गरेका थिए । ज्ञानेन्द्रको विहेको केही समयपछि उनका भाई तत्कालिन अधिराजकुमार धीरेन्द्र शाहको प्रेक्षा राणासँग विहे गरेका थिए । प्रेक्षा पनि रथी केन्द्र शमशेरकै कान्छी छोरी थिइन् ।

यसरी तत्कालिन राजा महेन्द्रका तीन भाई छोराहरु वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रले रथी केन्द्र शमशेरका तीन बहिनी छोरीहरु क्रमशः ऐश्वर्य, कोमल र प्रेक्षालाई एक पछि अर्को गर्दै भित्र्याएका थिए ।

यसपटकको बर्षगाँठ राजधानीको एक रेष्टुरेन्टमा आयोजना गरिएको थियो, जहाँ पूर्व शाही परिवारका सदस्य र नातेदारहरु सहभागी थिए ।

त्यस अवसरमा तयार पारिएको केक काटेपछि पूर्वराजाले पत्नी कोमललाई र कोमलले पति ज्ञानेन्द्रलाई खुवाएकी थिइन् । सार्वजनिक कार्यक्रमहरुमा प्रायजसो गम्भीर प्रकृतिका देखिने ज्ञानेन्द्र वैवाहिक वार्षिकोत्सवका अवसरमा पत्नी कोमलले केक खुवाउँदा भने दङ्ग परेका देखिन्छन् ।  


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...