आज २६ औं विश्व प्रेस स्वतन्त्रता दिवस, साहसिक पत्रकारहरुप्रति सम्मान व्यक्त गर्ने दिन

काठमाडौं । आज २६ औं विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदैछ।  नेपालमा यस वर्ष ‘लोकतन्त्र र शान्तिका लागि मिडिया स् इन्टरनेट युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नारासहित यो दिवस मनाईदैछ।

दिवसका अवसरमा नेपाल पत्रकार महासंघ र युनेस्कोले युएनडिपी र निर्वाचन आयोगसँगको सहकार्यमा प्रेस स्वतन्त्रता सम्मेलनको आयोजना गरेका छन्।  सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ।  नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको छ।

नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा धेरै कानुन बने पनि यी कानूनहरुले स्वतन्त्र प्रेसलाई संकुचित बनाउने आशंका विभिन्न क्षेत्रबाट गरिएको छ। नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समाचार लेखेको वा समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारलाई गिरफ्तार गर्ने घटनाहरु भइरहेको भन्दै प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने कानूनहरु संशोधन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन्।

दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष आचार्याले २०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी संहिता, फौजदारी संहिता सम्बन्धी ऐनका विभिन्न दफाले प्रेसलाई संकुचित बनाएको भन्दै राज्यको प्रतिबद्धता अझै पुरा हुन नसकेको औंल्याएका छन्।

दिवसको अवसर पारेर बुधबार काठमाडौंमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ऐक्यवद्धता र्‍याली आयोजना गरिएको थियो। 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...