बन्ने भयो 'खलनायक'को सिक्वेल, अटेनन् राजेश, निखिल र बिराज

काठमाडौं। एक जमानाका तीन सुपर स्टार राजेश हमाल, निखिल उप्रेती र बिराज भट्ट अभिनित चलचित्र 'खलनायक'को सिक्वेल बन्ने भएको छ । रोज राणाले निर्माण गरेको यस चलचित्र करीब डेढ दशक अगाडि प्रदर्शनमा आएको थियो र सुपरहिट पनि भएको थियो ।


सिक्वेल चलचित्र निर्माण गर्ने होडबाजी चलिरहेको बेला निर्माता राणाले  सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सिनेमा निर्माणको घोषणा गरेका हुन् । खलनायकलाई ऋषि न्यौपानेले निर्देशन गरेका थिए भने अब बन्ने सिक्वेलमा निर्देशकको जिम्मा गोविन्द सिंह भण्डारीलाई लगाएका छन् । चलचित्रमा पुराना कलाकारहरु कोही नदोहोरिने निर्माताको भनाइ रहेको छ ।


साउनबाट छायांकन सुरु हुने चलचित्रको कथा अहिले मौनता श्रेष्ठले लेखिरहेका छन् । चलचित्रको पहिलो पार्टमा पनि उनकै कथा थियो । एन.वी महर्जनको एक्सन रहनेछ छ भने जबर्जस्त एक्सनका कारण सफल भएको खलनायकको निर्माण बिल्कुलै नयाँ कथामा हुन लागेकाले ‘खलनायक २’ मा विराज, निखिल र राजेशलाई दोहोर्‍याउन नसकिएको निर्माता राणाको भनाई छ ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...