बढ्यो पेट्रोलको मुल्य, अब पेट्रोलको मुल्य १११ रुपैयाँ ५० पैसा पर्ने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढाएको छ । पेट्रोलमा  १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १र१ रुपैयाँ भाउ बढेको छ  । शुक्रबार राती १२ बजेबाट बढेको मूलय लागू हुनेछ ।

काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १११ रुपैयाँ ५० पैसा पुर्‍याइएको  छ । डिजेल र मट्टतिेको मूल्य ९८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विरेन्द्र गाइतले बताए । पछिल्लो १०र१५ दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको उनको भनाइ छ ।

अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएकाले इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमको दावी छ ।यो मूल्य वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा १३.६७ प्रति लिटर र डिजेल १५.६४ प्रति लिटरले नेपालतर्फ नै सस्तो रहेको निगमको दावी छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...