माटोले पुरिएर एक मजदुरको मृत्यु

राजविराज । सप्तरीमा माटोले पुरिएर एक मजदुरको मृत्यु भएको छ ।  सुनसरीको इनरुवाका २६ वर्षीय अर्सद अन्सारीको माटोले पुरिएर मृत्यु भएको हो ।

राजविराज–६, गुदरी हटियास्थित सपिङ कम्प्लेक्स निर्माणका लागि कार्यरत अन्सारीको निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ । 

भवनको जग निर्माणका लागि खनिएको खाल्टोभित्र सामान पन्साउदै गर्दा भित्तो भक्किएर अन्सारीलाई पुरेको प्रत्यक्षदर्शीले बताए ।

गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । 

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कम्प्लेक्स निर्माणका क्रममा यसअघि पनि एक मजदुर गम्भीर घाइते भएका थिए । रातको समयमा काम गर्दा मजदुर घाइते भएपछि निर्माण कम्पनीले लापरबाही गरेका भन्दै स्थानीयले आलोचना गरेका थिए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...