बाँस्कोटा भन्छन् : प्रश्न विष्णु, देउवा, सुवर्ण सम्सेरको होइन र कसैलाई छाडिन्नँ पनि

छानविन प्रक्रिया रोकिएको छैन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटार प्रकरणमा जोडिएका जो कोहीलाई पनि उन्मुक्ति नदिने बताएका छन् । मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले बालुवाटार प्रकरणमा जोडिएका जो कसैलाई पनि कानुनी दायरामा ल्याउने बताए । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि जग्गा प्रकरणमा मुछिएको विषयमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री बाँस्कोटाले छानविन प्रक्रिया नरोकिने बताए ।

‘प्रश्न विष्णु, देउवा, सुवर्ण सम्सेरको होइन,’ उनले भने, ‘जसको नाम जोडिए पनि सरकारले छानविन गर्छ । छानविन प्रक्रिया रोकिँदैन ।’ उनले जसको नाम जोडिए पनि सरकारले नछोड्ने र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न सरकारले कुनै कसर बाँकी नराख्ने समेत दाबी गरे ।

उच्चस्तरीय समिति वा आयोग बन्ने वा नबन्ने भन्नेबारे कुनै कुरा नखुलाएका बताउँदै उनले भने, ‘कुनै सहिद वा नेताका नाम पनि बालुवाटार प्रकरणमा जोडिएको हुन सक्छन् । तर मुलुकको नियम कानुनले व्यवस्था गरेका कुरा व्यवस्थापन गर्ने र ठेगान लगाउने जिम्मा सरकारको हो । यो काम सरकारले गर्छ ।’

मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको राजकीय चीन भ्रमण सफल भएको मूल्यांकन गरेको बताउँदै नेपालले चीनसँगको सम्बन्ध बलियो बनाउँदा भारतलाई कुनै आपत्ति नहुने उनले बताए ।

यातायात पारवहन प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपाल प्रशान्त महासागरसँग जोडिएकाले चीनसँग पारवाहन सम्झौता गर्दा अर्को छिमेकी देश रिसाउँछ भन्नु पञ्चायतकालीन मानसकिता भएको उनको भनाइ थियो । चाइना कार्ड वा इन्डिया कार्ड भन्ने कुरा पञ्चायतकालीन मानसिकताको उपज मात्र हो, उनले भने ।  उनले अब नेपाल प्रशान्त महासागरसम्म जोडिएको दाबी गरे ।

उनले भने, ‘विशाखापटनम् र चीनका ४ र चीनका ३ सुख्खा बन्दरगाह प्रयोग गर्ने कुरा नेपालका सार्वभौम अधिकार हो । दुबै देशका समुद्रसम्म पुग्ने अवस्था सिर्जना हुने कुरा नेपालीका लागि गौरवको विषय हो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...