‘काँचुली’ को छायाँकन पुर्वाञ्चलमा

काठमाडौं । शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहने फिल्म ‘काँचुली’को पुर्वाञ्चलमा छायाँकन हुने भएको छ । फिल्मको पुर्वाञ्चलका दमक, इलाम र श्रीअन्तु लगायतका स्थानमा छायाँक्न हुनेछन् ।

बिजी बर्मा फिल्मस्को ब्यानरमा सत्यघटनामा आधारित रहेर निर्माण भएको फिल्म कला राईको प्रस्तुतिमा निर्माण हुन लागेको हो ।

फिल्ममा ईश्वर खाती, शुभेच्छा थापा, रश्मि भट्ट, रबिन श्री, राजन महर्जन, रिजन बिसुन्खे, नव नायिका कृति छेत्री, राजन श्रेष्ठ, अस्मि थापा, मिलन तमाङ, रमेस घतानी लगायतको अभिनय रहनेछ । 

बाबुल गिरी, राजेन्द्र बजँगाईँ, शंकर अधिकारी घायल्को संगीत रहने फिल्ममा देव महर्जनको द्वन्द, राजन महर्जनको नृत्य र सुशील डाँगीको छायांकन रहनेछ । 

प्रतिकृया दिनुहोस