बिहेअघि नै आमा बन्दैछिन् यी बलिउड अभिनेत्री

मुम्बई । बलिउड नायिका ऐमी ज्याक्सन आमा बन्दैछिन् । पहिलोपटक आमा बन्न लागेकी एमी हालै एक इभेन्टमा पुगिन् । उनी त्यहाँ रातो ड्रेसमा पुगेकी थिइन् ।

रातो पोशाक उनलाई खुबै सुहाएको थियो । यो इभेन्टपछि एमीका पुराना तस्वीर पनि इन्टरनेटमा शेयर हुन थाले । एमी बार्सिलोनाको एक क्लबमा पुगेकी थिइन् । त्यहाँ उनले केही समय बिताइन् । त्यहाँका तस्वीरलाई पनि सामाजिक सञ्जालमा शेयर गरिन् ।

एमीका यी तस्वीरलाई फ्यानले पनि रुचाएको बताएका छन् । उनले गत मार्चमा आफू गर्भवती भएको खबर दिँदै एक तस्वीर शेयर गरेकी थिइन् ।

ब्रिटिश मोडल तथा कलाकार एमी व्यापारी जर्ज पार्नायिटुसँग सम्बन्धमा छिन् । तर उनले अझै बिहे गरेकी छैनिन् ।

पछिल्लो समय उनी रजनीकान्तको फिल्म ‘२‍‌.०’ मा देखिएकी थिइन् । उनी दक्षिण भारतीय फिल्म उद्योगमा बढी सक्रिय छिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...