दिपकराज गिरी छक्का पञ्जा छोडेर छ माया छपक्कैमा

काठमाडौं । २०७६ सालको दसैंका लागि नयाँ चलचित्र ‘छ माया छपक्कै’को निर्माण गर्ने घोषणा गरेका छन् । लगातार तीन वर्षदेखि चलचित्र छक्का पञ्जाको शृंखला निर्माण गर्दै आएका दीपकराज गिरी, दीपाश्री निरौलाले यो वर्षका लागि छक्का पञ्जाको शृंखला निर्माण रोकेका छन् । 

वर्षमा २० करोडसम्म व्यापार गरेको छक्का पञ्जाको शृंखला छाडेर उनीहरूले नयाँ चलचित्र रोज्नुको कारण एक वर्ष छक्का पञ्जाबाट विश्राम लिन लागेको दीपकले बताए । छक्का पञ्जाको शृंखला ३ सम्म निर्माण भएकोमा अब छक्का पञ्जा ४ आगामी २०७७ सालमा मात्र निर्माण हुनेछ ।

काठमाडौंमा सोमबार एक समारोहबीच चलचित्र ‘छ माया छपक्कै’को निर्माण घोषणा गरिएको छ । विगतमा छक्का पञ्जाको रिलिज दसैंमा गर्दै आएको यो टिमले छ माया छपक्कैलाई पनि आगामी दसैंमा नै ल्याउने आधिकारिक घोषणा गरेको छ ।

त्यस्तै, दसैंमा नै अशोक शर्माको निर्माण एवं निर्देशनमा नयाँ चलचित्र ‘रातो टीका निधारमा’ पनि आउने भएको छ ।

चलचित्र छ माया छपक्कैलाई पत्रकार दीपेन्द्र लामाले निर्देशन गर्दै छन् । यसअघि ‘घामपानी’ र ‘गोपी’सहित दुई फिल्म निर्देशन गरिसकेका लामाको यो तेस्रो निर्देशन हुनेछ ।

चलचित्रमा छक्का पञ्जा शृंखलाकै मुख्य कलाकार हुनेछन् । जसमा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरेलगायत मुख्य भूमिकामा छन् । बाँकी कलाकारको चयन जारी रहेको र उनीहरूको नाम केही दिनमै घोषणा गरिने पनि निर्माण पक्षले बताएको छ ।

छक्का पञ्जा निर्देशक दीपाश्री निरौला यसपटक छ माया छपक्कैमा निर्देशन सल्लाहकारका रूपमा छिन् । यसो हुँदा फिल्म अझ राम्रो बन्ने यो समूहको विश्वास छ ।


निर्देशक दीपेन्द्र लामाका अनुसार चलचित्रले ग्रामीण र सहरीया परिवेशका पात्रको कथा भन्नेछ । गाउँको एउटा सोझो अधबैंसे पुरुष र सहरकी सम्पन्न युवतीबीचको प्रेम सम्बन्धमा फिल्मको विषयवस्तु केन्द्रित हुनेछ ।


निर्माताका रूपमा रोहित अधिकारी थपिएका छन् । अब छ माया छपक्कैलाई दीपक–दीपाको ब्यानर आमा सरस्वती मुभिजसँगै रोहित अधिकारी फिल्मस् र आईएमईले संयुक्त निर्माण गर्नेछन् ।


छक्का पञ्जा शृंखलाका कार्यकारी निर्माता जितु नेपाल र केदार घिमिरे यो चलचित्रमा पनि कार्यकारी निर्माता नै छन् । आगामी जेठको पहिलो साताबाट चलचित्रको छायांकन सुरु गरिने भएको छ ।

छ माया छपक्कैको पटकथा दीपकराजले लेखेका हुन् । जसमा संवाद दीपकसँगै जितु, केदार र अभिमन्यू निरवीकोे छ ।

फिल्मको घोषणा समारोहमा यसका निर्माता दीपकराज गिरीले छक्का पञ्जाको शृंखला नभएर छुट्टै कथामा निर्माण हुने नयाँ चलचित्र भएको बताए । 

निर्देशक दीपेन्द्र लामाले पनि दीपकराजकै भनाइ दोहो¥याउँदै यसको कथा आफूले लेखेको र यो छक्का पञ्जाभन्दा फरक भएको दाबी गरे ।

अभिनेत्री केकी अधिकारीले यसअघि दीपेन्द्र लामासँग चलचत्रि घामपानीमा काम गरेको स्मरण सुनाउँदै उनीसहित दीपक–दीपकसँग काम गर्न पाउँदा झनै खुसी लागेको बताए । 

चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, विपिन मल्लको सम्पादन, हरि हुमागाईंको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक शर्माको संगीत रहनेछ ।


 


 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...