‘रे’को ‘सागर माथि’ मा सुजाता र दिवशको यस्तो रोमान्स (भिडियोसहित)

काठमाडौं । दिनेश पौडेलको निर्देशनमा बनेको चलचित्र ‘रे’को पहिलो गीत ‘सागर माथि’ सार्वजनिक भएको छ । असार २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको गीतमा मेलिना राई र ओम सुनारको स्वर छ भने राजेन्द्र त्रिपाठीको शब्द र ओमले सुनारकै संगीत रहेको छ ।


गीतमा चलचित्रका मुख्य कलाकार दिवश धिताल र सुजता थापा फिचर्ड छन् । कविराज गहतराजको कोरियोग्राफी  रहेको भिडियोलाई पोखराको सुन्दर दृश्य सहित कैद गरिएको छ । चलचित्र ‘रे’लाई दिनेश पौडेलले निर्देशन गरेका हुन् र कथा पनि उनि आफैँले लेखेका हुन् ।


काठमाडौँ उपत्यकाभित्र हुने प्रख्यात ३ जात्राहरु ललितपुरको मछेन्द्र नारायण जात्रा, काठमाडौँको इन्द्र जात्रा र भक्तपुरको बिस्केट जात्राको वरिपरि फिल्मको कथा घुम्ने बताइएको छ । यध्यपी एक्सन, लभ, रोमान्स, कमेडीबाट पनि चलचित्र अछुतो नरहेको निर्देशक पौडेल बताउँछन् ।


सगुन फिल्मसको ब्यानरमा निर्मित चलचित्रमा सुनिल थापा, पुर्णिमा लामा, क्रान्ति बराइली, अभि जोशी, रक्षा गुरागाई लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘रे’लाई राजेन्द्र त्रिपाठीले निर्माण गरेका हुन् ।

Video

प्रतिकृया दिनुहोस