नेकपाको बालुवाटारमा सचिवालयको बैठक जारी, के–केमा हुँदैछ छलफल ?

काठमाडौं  । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा पोलिटब्युरो कमिटी गठन, कार्यसमितिको कार्यविभाजन, जनवर्गीय संगठनको एकता लगायतको विषयमा छलफल भईरहेको प्रधानमन्त्रीको निजि सचिवालय स्रोतले जनाएको छ ।

वैशाख ९ गते जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुगों लागेको छ भने यसअघि नै प्रदेश कमिटिको पनि टुगों लागेको थियो । प्रदेश र जिल्ला कमिटीको टुगों लागे पनि कार्यसमितिको टुगों लागेको छैन । जिल्ला र प्रदेशको प्रतिवेदन पनि आइसकेको छ । ती प्रतिवेदनको अध्ययन गरि चाँडै नै कार्यसमितिको टुंगो लाग्ने बताइएको छ । 

जिल्ला कमिटिले कतिपय स्थानीय तहको एकता प्रतिवेदन पनि तयार गरिसकेको छ । यस्तै प्रवास कमिटिको पनि प्रतिवेदन तयार भइसकेको छ । यी सबै विषयमा सचिवालयले छलफल गर्ने बताइएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि हुने

Janati samajwadi program

काठमाडौं । एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिव...