'कुम्भकरण' को अफिसियल फस्लुक र दुइ पोस्टर सार्वजनिक

काठमाडौँ ।  चलचित्र 'कुम्भकरण' को अफिसियल फस्लुक र दुइ पोस्टर सार्वजनिक भएको छ । आकाश पल इन्टर्टेन्ट्मेन्ट्को ब्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक पोस्टरमा गौरब पहाडी, भोलाराज सापकोटा, निशा अधिकारी र अभय बराललाई समेटिएको छ ।


पोस्टरमा  नायिका निशा अधिकारी शिक्षिकाको रुपमा देखिन्छिन् भने गौरब पनि उनकै सहकर्मीको भूमिकामा भएको देखिन्छ । जेठ १७ लाई रिलिज मिती तोकेको चलचित्रको एक गीत यस अघि नै सार्वजनिक भैसकेको छ । 


सस्पेन्स कमेडी अनि प्रेम कथामा आधारित भनिएको यस चलचित्रमा दिपक ओलीको निर्देशन रहेको छ भने महेश दवाडीको पटकथा-सम्बाद रहेको छ । चलचित्रमा नायिका निशा अधिकारी, गौरब पहाडी, भोलाराज सापकोटा, अभय  बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउले, प्रतिभा छेत्री र सुधब थापा लगायतको अभिनय रहेको छ ।

चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको यस चलचित्रमा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...