'दाल भात तरकारीमा 'एन्टिबायोटिक खाऊँला'भन्दै प्रियंका (भिडियो)

काठमाडौं, वैशाख । मह संचारको प्रस्तुतीमा बनेको चलचित्र 'दाल भात तरकारी 'को आइटम गीत 'एन्टिबायोटिक खाऊँला' रिलिज भएको छ ।


शम्भुजित बाँस्कोटाको संगीत र हरिवंश आचार्यको शब्द रहेको गीत मीना निरौलाले गाएकी हुन् । कविराज घटराजको कोरियोग्राफी रहेको गीतमा प्रियंका कार्की आइटम गर्लको रुपमा उपस्थित छिन् । उनको साथमा हरिबंश आचार्य, शिबहरी पौड्याल लगायत कलाकार पनि देखिएका छन् ।


बैशाख १३ लाई रिलिज डेट छानेर फेरी पछी हटेको चलचित्र 'दाल भात तरकारी' आउँदो शुक्रबार अर्थात बैशख २० गते देशभर एकसाथ प्रदर्शनमा आउने तयारीमा छ ।


चलचित्रलाई किरण केसीले निर्माण र सुदन केसीले निर्देशन गरेका हुन् यसैगरी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा,बर्षा राउत, किरण केसी, नरेन्द्र कंसकार, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य भूमिका छ ।   

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...