चलचित्र ‘वीर विक्रम २’को ट्रेलर सार्वजनिक

काठमाडौँ । मिलन चाम्सद्धारा निर्मित चलचित्र ‘वीर विक्रम २’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलन गरि सार्वजकि गरिएको हो ।

  प्रेम, मित्रता, एक्सन र दुश्मनीले भरिएको चलचित्र ‘वीर विक्रम २’को मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको हो । उक्त चलचित्रमा नायकद्धय पल शाह, नाजिर हुसेन, नायिका बर्षा सिवाकोटी, कलाकार बुद्दि तामाङ मुख्य भूमिकामा रहेका छन् ।

चलचित्रको कार्यकारी निर्माता अर्पण सापकोटा हुन् भने रन्जिता सिवाकोटी यसकी सह–निर्मात्री हुन् । चलचित्रलाई प्रदिप भारद्धाजले लेखेका हुन् । चलचित्रमा बनिष शाहको सम्पादन, सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन छ ।

साथमा, नायिका बर्षा सिवाकोटीका लागि हुने प्रेमयुद्ध, बुद्दि तामाङको प्रवेश आदीलाई देखाइएको छ । यो चलचित्र जेठको ३ गतेबाट रिलिज हुँदैछ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...