राजधानीमा 'छक्का पञ्जा' नामक मल्टिप्लेक्स बनाउदै दिपक-दिपा

काठमाडौं । छक्का पन्जा सिरिजबाट सफलताको शिखरमा पुगेका दिपक राज गिरी- दिपाश्री निरौला टिम यतिबेला मल्टिप्लेक्स हल निर्माणको तयारीमा जुटेको छ । मोफसलमा खोलिने भनिएको मल्टिप्लेक्स निर्माण प्रकृया स्थगित भएको छ ।


मोफसलमा तत्काल लगानी गर्दा जोखिम हुने सुझाव जतासुकैबाट आएपछी काठमाण्डौंमा नै एक मलमा निर्माण हुने र संयुक्त रुपमा लगानी गरे पनी नाम छक्का पञ्जा नै राखिने जानकारी दिपक राज गिरीले दिएका छन् । ज्वाइन्ट भेन्चरका लागि इच्छुकसँग सहकार्य गर्न सकिने जनाउँदै उनले यसका लागि तयारी सुरु भएको समेत बताइएको छ । 


यसै साताबाट छक्का पन्जा सिरिजको सफल चलचित्र 'छक्का पन्जा २' हल मा रि-रिलिज हुने भएको छ भने प्रदर्शनबाट उठेको रकम संचारकर्मी रवि लामिछानेले बनाइरहेको कालिकोटको अस्पताललाई हस्तान्तरण गर्ने निर्णय समेत भएको छ । 

प्रतिकृया दिनुहोस