'कठपुतली' को फस्टलुक यस्तो बन्यो

काठमाडौ ।  नेपालमा कमै मात्रामा बन्ने हरर जनराको चलचित्र 'कठपुतली 'को फर्ष्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।


एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित कथामा राजाहरुले मोजा मस्ती गर्ने बहानामा दिनहुँ जनाताका चेलीबेटी माथी गर्ने शोषण, बलत्कार जस्ता कामबाट आजित महिलाहरुले मृत्युपरान्त लिएको बदलालाई कथाको रुप दिइएको बताइएको छ ।


चलचित्रकी लेखक तथा कार्यकारी निर्माता सम्पदा मल्लका अनुसार हामीले हेर्दै आईरहेका अन्य हरर नेपाली चलचित्रभन्दा यो चलचित्र भिन्न रहेको छ र त्यसै कारण उनले यो चलचित्र बनाएकी हुन् । चलचित्रलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् भने भिमसेन लामाले निर्देशन गरेका हुन् ।


कठपुतलीमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुबर्ण थापा लगायतका अन्य कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्र प्रदर्शनको मिती नतोकिए पनी यसै वर्ष प्रदर्शन गरिने जानकारी निर्माण पक्षले दिएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...