छायाँकन अगावै प्रेमगीत –३ ले लियो प्रदर्शन मिति

काठमाडौँ । २ सय बर्ष अगाडिको कथामा बन्ने प्रेमगीत–३ ले छायाँकन अगावै प्रदर्शनको मिति तय गरेको छ  । चलचित्र ‘प्रेम गीत–३’ निर्माणको अफिसियल घोषणा गरिएसँगै निर्माता सन्तोष सेनका अनुसार चैत २८ गते चलचित्र रिलिज हुनेछ ।

चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन् । नेपालमा अहिले हिट चलचित्रका सिरिज चलिरहेका छन् । ‘छक्का पन्जा ३’देखि ‘ए मेरो हजुर ३’सम्म आइपुग्दा, हिट सिरिजप्रति दर्शकको चासो बढेको पाइन्छ ।

यसैले पनि धेरै निर्माता सिरिज बनाउन नै लागिपरेका छन् । यसैविच, चलचित्र ‘प्रेमगीत र प्रेमगीत २’को तेश्रो सिरिज पनि बन्न लागेको हो । नयाँ बर्षको समय पारेर चलचित्रलाई रिलिज गर्न लागिएको हो । 




प्रतिकृया दिनुहोस