काङ्ग्रेस नेता ताम्राकारको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयले पूर्वमन्त्री एवं पार्टीका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज विज्ञप्तिमार्फत् नेपालको लोकतान्त्रिक आन्दोलनमा स्व. ताम्राकारले पु¥याउनुभएको योगदानको स्मरण गर्दै उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रमुख सचेतक खाँणले उनको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । नेता ताम्राकारको मङ्गलबार उपचारको क्रममा ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको थियो । 

विसं २०४८ र २०५६ मा काङ्ग्रेसको तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएका स्व. ताम्राकारले स्वास्थ्य, उद्योग, वाणिज्य तथा आपूर्तिलगायत विभिन्न मन्त्रालयको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा प्रवेश गरेका स्व. ताम्राकारले प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाको सङ्घर्षमा क्रियाशील रहँदा पटक–पटक जेलनेल र यातना सहेको प्रमुख सचेतक खाँणले उल्लेख गरे ।

स्व. नेता ताम्राकारले राजनीतिक जीवनबाहेक बुद्ध दर्शनका साथै विभिन्न स्थानमा गुम्बा, मठ, मन्दिर निर्माण तथा समाजसेवाको कार्यमा समेत अतुलनीय योगदान पु¥याएका छन् । नेता ताम्राकारजस्तो एक कुशल नेता एवं समाजसेवीलाई गुमाउनु पर्दा राष्ट्र र काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको विज्ञप्तिमा जनाइएको छ ।



 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...