‘सारेगमप’ को टप ११ मा पुगे प्रितम र आयुष

‘सारेगमप’ को टप ११ मा पुगे प्रितम र आयुष

काठमाडौं । बाल कलाकार आयुष केसी र प्रितम आचार्य भारतीय टेलिभिजन च्यालनबाट प्रशारण भएको रियालिटी कार्यक्रम ‘सारेगमप लिटल च्याम्प्स’ को टप ११ मा पुगेका छन्। ‘जिटिभी’ मा प्रशारण भइरहेका बाल गायन प्रतियोगीतामा आयुष र प्रितम टप ११ मा पुगेका हुन्।

गएको फेब्रुअरी ९ बाट शुरु भएको यो कार्यक्रममा १६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु सहभागी छन्। १२ वर्षका आयुष र ११ वर्षका प्रितम आचार्य सहित ८ जना अडिसनको लागि भारत गएका थिए।

यी दुवै बालक सन् २०१६ मा भएको सुरशाला जुनियर आइडलका टाइटल विजेता हुन्। आयुष सिन्धुपाल्चोक घर भई हाल भक्तपुर बस्दै आएका छन् भने प्रितम इटहरीका हुन्। त्यसपछि ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’मा छानिएर टप ३० मा पुगेका हुन्।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

११ हजार कर्मचारीका लागि लोक सेवाले शुक्रबार बिज्ञापन गर्दै, ६ महिनामै रिजल्ट आउट हुने

काठमाडौँ । कर्मचारी अभाव भोगेका स्थानीय तहले ६ महिना भित्रै नयाँ कर्मचारी पाउने भएका छन् । लोकसेव...