मौसम: अधिकांश ठाउँमा सामान्य बदली रहने

पश्चिम पहाडमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं । मंगलबार पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने भएको हो ।

पूर्व र मध्य क्षेत्र तथा पश्चिमको पहाडी क्षेत्रको मौसम सामान्य बदली हुने मौसमविदले बताएका छन् । बाँकी क्षेत्रको मौसम पनि आंशिक बदलीको अवस्थामा रहने जनाइएको छ ।

पूर्व र मध्यका केही ठाउँ र पश्चिम पहाडका थोरै ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदको भनाई छ । यस्तै हुरीबतास चल्ने सम्भावना पनि रहेको छ ।

काठमाडौँ उपत्यका सहितका क्षेत्रमा बिहानैदेखि मौसम बदली भएको छ र दिनभरको अवस्था लगभग यस्तै रहने जनाइएको छ । हल्का पानी पर्ने सम्भावना पनि छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...