'उजेली' को कथामा पहिलो गीत यस्तो बन्यो (भिडियोसहित)

काठमाडौं । बालविवाहको विरूद्धमा चेतना फैलाउन युनिसेफले निर्माण गरेको टेलिचलचित्र ‘उजेली’ की मुख्य कलाकार बृन्दा अधिकारीको आफ्नै कथामा म्युजिक भिडियो बनेको छ । बिन्दु परियारको स्वरमा तयार भएको गीतको शब्द संगीत र एरेन्ज दीपक शर्माको रहेको छ ।


सन् १९९२ मा युनिसेफले बालविवाहको विरूद्धमा चेतना फैलाउन र कम उमेरमै विवाह गर्दा महिलाको जीवनमा पर्ने दुष्परिणामको बारेमा जानकारी दिन ‘उजेली’ निर्माण गरेसँगै २८ वर्षपछि एकाएक भाइरल बनेकी टेलिचलचित्र ‘उजेली’ की मुख्य कलाकार बृन्दा अधिकारी बालिक नै भएको समयमा छायांकन गरिएको टेलिचलचित्र विभिन्न अवार्ड प्राप्त गरेको टेलिचलचित्र हो । जुन संसारभरका २० वटाभन्दा धेरै टेलिभिजन च्यानलहरूबाट प्रसारण भएको थियो ।


नेपाल अझै पनि बालविवाह उच्च भएका एसियाली देशहरूमध्ये शीर्ष स्थानमा पर्दछ। महिला र पुरूष दुबैका लागि विवाह गर्ने कानूनी उमेर २० वर्ष भएपनि २० देखि २४ वर्षका महिलाहरूमध्ये एक तिहाइभन्दा धेरैले आफ्नो विवाह १८ वर्षभन्दा कम उमेरमा र १० मध्ये एक महिलाले विवाह १५ वर्षको उमेर नपुग्दै भएको बताउँछन् । उनि लामो समयपछी मिडियामा आएपछी दर्शकले रुचाएका छन् । भिडियोलाई राज खड्काले निर्देशन गरेका हुन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...