'हजार जुनीसम्म’ को पहिलो गीत 'एम.जी रोडैमा' स्वस्तिमा खड्का (भिडियोसहित )

काठमाडौं। चलचित्र  ‘हजार जुनीसम्म’को पहिलो गीत ुएम जि रोडैमाु सार्वजनिक भएको छ । विकाश राज आचार्यको निर्देशनमा निर्माण भएको चलचित्रको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ भने शब्द तथा संगीत पनि राजनराजकै रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी गरेको गीतको भिडियो सिक्किमा दार्जिलिङ्ग आसपास खिचिएको हो । सलोन बस्नेत, स्वस्तिमा खड्का र अखिलेस प्रधानलाई फिचर्ड गीतमा प्राकृतिक सुन्दरता र प्रेमलाई एक अर्काको बिम्ब बनाएर प्रस्तुत गरिएको छ ।

 श्रावण ३० गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्रलाई  विशाल चाम्लिङ्गले निर्माण गरेका हुन् । अखिलेस प्रधानको डेब्यु चलचित्रमा आर्यन सिग्देल, प्रिंयका कार्की, संचिता लुईंटेल, शिवहरी पौडेल अनुभव रेग्मी लगायत कलाकारको पनि अभिनय रहने छ ।

सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, कविराज गहतराको कोरियोग्राफी, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।  



 



Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...