प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा आगलागी, बाहिरै बसेर नागरिकता वितरण

कालिकोट । जिल्ला प्रशासन कार्यलय कालिकोटमा लागलागी हुँदा ९ लाख ५० हजार बराबरको क्षति भएको छ ।  आइतबार राति साडे ८ बजेतिर आगलागी भएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए । प्रमुख जिल्ला अधिकारी कार्कीको कार्यकक्षमा विद्युतको तार सर्ट भएर आगलागी भएको हो ।  

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले आफ्नो कार्यकक्षमा आगलागी भएपछि कार्यालयको बाहिरै बसेर नागरिकता वितरण गरिएको बताए। उनले भने, कार्यकक्षमा बसेर नागरिकता वितरण गर्ने अवस्था छैन् । कार्यकक्षा पुरै पुन मर्मत गर्नुपर्ने अवस्था छ । राति साढे आठ बजे लागेको आगो तत्काल नियन्त्रणमा लिएर ठूलो क्षति हुनबाट जोगिएको हो। 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...