तारा एयरको विमान मन्थली विमानस्थलमा चिप्लिएर दुर्घटना

काठमाडौं । तारा एयरको विमान रामेछापको मान्थली विमानस्थलमा चिप्लिएर दुर्घटना भएको छ । तारा एयरको ९-एन एकेके कल साइनको ट्विनेटर विमान टायर पन्चड (ल्यान्डिग गियर फेल) भएपछि दुर्घटना भएको जनाएको छ ।

जहाज रनवेबाट चिप्लिए पनि क्षतिको अन्य विवरण आउन बाँकी छ । राजधानी त्रिवि विमानस्थलमा निर्माण कार्य भइरहेकाले विमानहरूले लुक्लाका लागि मन्थलीबाट उडान भर्दै आएका छन् ।

काठमाडौंबाट लुक्काका लागि उडान भरेको विमान मौसम खराबीको कारण त्यहाँ अवतरण गर्ने नसकेपछि रामेछापको मन्थली विमानस्थलमा फर्किएको थियो । दुर्घटना भएको विमानमा १४ जना यात्रु चढेका थिए । दुर्घटनाबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

विमान दुर्घटना भए पनि अहिले रामेछाप विमानस्थलको बन्द गरिएको छ । विमानलाई हटाइएपछि मात्र उडान सूचारु हुने बताइएको छ ।

यस अगाडि बैशाख १ गते लुक्लामा समिट एयरको जहाज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । सोलुखुम्बुको तेञ्जिङ हिलारी विमास्थलमा ९ एन(एएमएच कलसाइनको जहाज धावनमार्गबाट चिप्लिदा दुर्घटना भएको थियो ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...