बुधबारसम्मै मौसम नसुध्रिने, सचेत रहन आग्रह

काठमाडौं । सोमबार पनि काठमाडौं उपत्यकासहित देशभरका धेरै ठाउँको मौसम बदली भएको छ । केही ठाउँको मौसम भने सफा छ । 

पश्चिमीसँगै स्थानीयले वायुको प्रभावले मौसम बदली भए पनि अहिले तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । अहिले बदली भएको ठाउँको मौसम केहीबेरमा खुल्नेछ । तर दिउँसोपछि फेरि बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने अनुमान छ । 

सोमबार दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहने छ । पहाडी भू–भागका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ पर्ने र हावाहुरी पनि आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो देशको पूर्वी तथा मध्य क्षेत्र लगायतका पश्चिमी पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकि भूभागहरुमा आंशिक बदली रहने छ । पहाडी भू(भागका केहि स्थानहरुमा मेघ गर्जनरचट्यांग हुरीरबतास सहित हल्का वर्षाको संभावना छ ।

बुधबार दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकि भूभागहरुमा आंशिक बदली रहने छ । पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जनसहित पानी र चट्याङ पर्ने संभावना छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...