सरकारले बोलायो राप्रपालाई वार्तामा, मंगलबार १ बजे वार्ता हुने

काठमाडौं । सरकारले हिन्दु धर्म पुनःस्थापना लगायतका माग राख्दै आन्दोलनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वार्तामा बोलाएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले अध्यक्ष कमल थापाको नाममा पत्र लेख्दै मंगलबार १ बजे वार्ताको समयसमेत उल्लेख गरेका छन् । 

राप्रपाको शनिबार बसेको आकस्मिक बैठकले पहिलो चरणको आन्दोलन सफल भएको निस्कर्ष निकाल्दै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयजकत्वमा दोस्रो चरणको आन्दोलनको कार्ययोजना बनाउन कार्यदल गठन गरेको थियो ।

राप्रपा अध्यक्ष थापाले गत फागुन ७ गते प्रधानमन्त्री ओलीलाई २२ बुँदे ज्ञापनपत्र बुझाउँदै आफ्नो माग पूरा गराउन सरकारको ध्यानाकर्षण गराएका थिए । तर सो मागको कुनै सुनुवाई नभएपछि राप्रपा आन्दोलनमा होमिएको थियो ।

राप्रपाले मेची महाकाली १५ दिने राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दु राष्ट्रका लागि देशव्यापी हस्ताक्षर संकलन अभियान,  संघ,  प्रदेश र जिल्लाका प्रशासनिक र विकास केन्द्रीत कार्यालयमा धर्ना,  धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रम गरिसकेको छ । 

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले वार्ताका लागि सरकारबाट पत्र आउनु सकारात्मक भएको बताए । ‘पत्र  आउनुलाई सकारात्मक रुपमा लिएका छौं,’ उनले भने, ‘सोमबार बैठक बसेर औपचारिक रुपमा वार्ता समिति बनाउँछौँ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...