विजय थोकरको हृदयबिदारक गीत 'रातो बाकस' (भिडियो सहित)

काठमाडौँ । पछिल्लो समय लोक गीत संगीतको क्षेत्र फराकिलो बन्दैँ गइरहेको अवस्थामा प्रियसी म्युजिकले   अर्को हृदयबिदारक गीत 'रातो बाकस' को भिडियो सार्वजनिक गरेको छ । गीतमा पुर्णकला विसी र विजय थोकरले आवाज दिएका छन् । गीतमा गौतम निशानको शब्द तथा लय सिर्जना रहेको छ ।

आशा खड्का र विमल अधिकारीको निकै मन छुने अभिनय देख्न सकिन्छ भिडियोलाई मुकेश हुमागाईको छायाँङ्कनमा  राजेश कुमार ले सम्पादन तथा चर्चित भिडियो निर्देशक बविता श्रेष्ठको निर्देशन गरेका छन् । स्वदेशमा भर पर्दो रोजगारीको व्यवस्था नभए पछि नेपाली युवाहरु बिदेसिनु पर्ने बाध्यता रहेको छ । रोजगारीको शिलसिलामा बिदेसिएका कति नेपाली दाजु भाइ दिदी बहिनीहरू रातो काठको बाकसमा फर्किनु परेको अवस्थाको चित्रण यस गीतमा गरिएको छ ।  


Video

प्रतिकृया दिनुहोस