छन्द दिवस आजः विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । कविता विधामा प्रयोग हुने छन्दको संरक्षणका लागि विभिन्न कार्यक्रमहरु गरी आज छन्द दिवस मनाइँदैछ । दिवसका अवसरमा साहित्य प्रेमीहरुले राजधानीमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । 

साहित्य डवलीमा ११ बजेदेखि छन्दयुक्त कविता बाचन गर्ने कार्यक्रम छ । पछिल्लो समय कवितामा छन्दको प्रयोग घट्दै गएको भन्दै त्यसलाई जोगाउन कवि माधव वियोगीले २०५३ सालमा अभियान सुरु गर्नु भएको थियो ।

पञ्चाङ्ग निर्णायक समितिले हरेक बैशाख ८ गते छन्द दिवस मनाउन सहमति दिएको हो ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...