चलचित्र 'जात्रै जात्रा' को पोस्टर यस्तो देखियो

काठमाडौं । नेपाली चलचित्र 'जात्रै जात्रा' को पोस्टर रिलिज भएको छ । जेठ ३ गते प्रदर्शनको मिती तोकिएको जात्रै जात्राले शुक्रबार मुख्य भूमिकामा रहेका कलाकारहरु कसैलाई नछुटाइ रमाइलो खालको पोस्टर रिलिज गरेको हो । सार्वजनिक गरिएको पोस्टरमा दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँले दुरबिनबाट केही निहालिरहेका छन् भने सोही पोस्टरको दायाँतर्फ अभिनेत्री बर्षा राउत, कलाकार राजाराम पौडेललगायत कलाकारहरु आ-आफ्नै धुनमा देखिन्छन् ।

एक गीत सार्वजनिक गरिसकेको चलचित्रको ट्रेलर र अर्को गीत पनि रिलिज हुने तयारीमा छन् । रिलिज भएको गीत ‘माया पिरिम’ ले राम्रो प्रतिकृया समेत पाएको छ । प्रदिप भट्टराइको निर्देशन रहेको चलचित्रलाई यज्ञश्वर पौडेल र सिंगे लामाले संयुक्त लगानी गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् ।  

चलचित्रमा प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । मित्र डि गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ष्ठले खिचेका हुन् । निर्देशक भट्टराई आफैंले लेखेको कथामा बनेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...