‘मह’ जोडी लाई ‘वसुन्धराश्री, मानश्री’ पुरस्कार

काठमाडौं । वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानले हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई विक्रम सम्वत २०७६ सालको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। यस्तै हास्यव्यङ्ग्यकार हरिवंश आचार्यलाई मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

दुवैजनालाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र अर्पण गरिने निर्णय प्रतिष्ठानले गरेको हो । मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले नेपाली हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली भाषा, कला र रङ्गमञ्चको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान पु¥याएको भन्दै श्रेष्ठ र आचार्यलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

२००७ साल वैशाख ७ गते काठमाडौँ जीतपुरफेदीमा जन्मेका कलाकार मदनकृष्ण श्रेष्ठ र २०१४ साल कार्तिक २७ गते काठमाडौँको टंगालमा जन्मेका कलाकार हरिवंश आचार्यले संयुक्तरुपमा यमलोक, प्यारालाइसिस,अंशवण्डा, कक–फाइट, रद्धीको टोकरी, रङ नम्वर, प्रश्नोत्तर, शपथग्रहण, ऐना, विज्ञापन, लण्डन एयरपोर्ट, वडा नम्बर ३४, श्राद्ध, पिकनिक, अभिभावक, सङ्गीत, रिमोट कन्ट्रोल, नेपालबन्द, काउकुती, नाता, २०५, बोसे आन्द्रे भुँडीको, होस्टेहैँसे, सालिक, महदोहोरी र राष्ट्रिय गाउँखाने प्रतियोगिताजस्ता कालजयी हास्यव्यङ्ग्य सिर्जना गरी जीवन्त रङ्गमञ्चीय प्रस्तुति दिएका कारण पुरस्कारका लागि छनोट गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...