वक्सअफिसमा आलिया वरूणको ‘कंलक’ले गर्‍यो सर्वाधिक ठूलो ओपनिङ्

एजेन्सी । वरूण धवन, आदित्य रोय कपुर, माधुरी दिक्षित, संजय दत्त तथा आलिया भट्ट स्टारर ‘कंलक’ साल २०१९ को सर्वाधिक ठूलो ‘ओपनर’ सिनेमा बनेको छ। रिलिजको पहिलो दिन ‘कंलक’ले २१ करोड ६० लाख भारतिय रूपैयाँ कमाइ गरेको छ।


सिनेमाले ‘गल्ली व्वाई’ तथा ‘केशरी’लाई पछि पार्दै यो कमाइ गरेको हो। उनीहरूले रिलिजको पहिलो दिन क्रमशः १९.४० तथा २१.०६ करोड भारू कमाइ गरेका थिए। यस्तै ‘टोटल धमाल’ले १६.५० करोड कमाइ गरेको थियो।


समीक्षकिय रूपमा सिनेमाले आलोचना खेपेपनि गतिलो व्यापार गरेपछि उत्साहित अभिनेता वरूणले आफू असफलताबाट नडराए पनि हरेक सिनेमा आफ्ना लागि चुनौती हुने गरेको बताएका छन्।


‘हर सिनेमामा कडा मेहेनत गर्छु र आफ्नो कामलाई लगातार सुधार्ने प्रयास गर्छु’, वरूणले भने, ‘कंलक निश्चित रूपमा एउटा ठूलो जोखिम थियो किनकी यो मेरा लागि भिन्न अनुभव थियो।


मलाई थाहा छ, आफ्नो अनुभवको प्रदर्शन गर्नु जति महत्वपूर्ण छ, त्यतिनै त्यो दर्शकसम्म पुग्नु पनि जरूरी छ। म असफलताका बारेमा धेरै सोच्न मनपराउँदिन।’ वरूणले सफलता-असफलता हरेक पेसाको हिस्सा भएकाले सिनेमा यसको अपवाद हुन नसक्ने बताउँछन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...