राष्ट्रपति भण्डारी वैशाख ११ गते राजकीय भ्रमणका लागि चीन प्रस्थान गर्ने

यस्ता छन् भ्रमणका कार्यक्रमहरु

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते राजकीय भ्रमणका लागि चीन प्रस्थान गर्ने भएकी छिन् । परराष्ट्र मन्त्रालयले राष्ट्रपति भण्डारीको राजकीय भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ ।


भ्रमण तालिका अनुसार राष्ट्रपति भण्डारी वैशाख ११ गते चीन प्रस्थान गर्ने र १९ गते फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा हुन लागेको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनलाई सम्बोधन गर्नेछिन् । 


भण्डारीले चिनियाँ समकक्षी सी जिङपिङसँग औपचारिक भेटवाता गर्ने र दुवै देशका राष्ट्रपतिका उपस्थितिमा केही विषयमा सम्झौतामा हस्ताक्षर हुनेछ । चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरुसँग भेटघाट गर्ने, अन्तर्राष्ट्रिय बागवानी सम्मेलनमा सहभागी हुने, र बेइजिङमा आयोजना हुने नेपाल र चीनका व्यापारिक समुदायको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारीले शान्जी प्रान्तको राजधानी जियानको भमण गर्ने र ल्हासा हुँदै स्वदेश फर्किने कार्यतालिका सार्वजनिक भएको छ । भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसद, उच्च सरकारी अधिकारीलगायतको सहभागिता रहनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...