यस्तो 'लुक्स' मा देखिए ‘भारत’ को पोस्टरमा सलमान

मुम्बई । सलमान खान र क्याटरीना कैफ स्टारर प्रतीक्षित हिन्दी फिल्म ‘भारत’ को प्रचार शुरु हुन थालिसकेको छ । यसैबीच निर्माण टिमले फिल्मका केही पोस्टर सार्वजनिक गरेको छ । ती सबै पोस्टरमा सलमान खानलाई पृथक लूकमा देखाइएको छ ।

सलमान र क्याटरीना कैफ मुख्य भूमिका रहेको यो फिल्ममा सलमान खान नेवी अफिसरको लूकमा देखिएका छन् । उनका साथमा क्याटरीना कैफलाई पनि देख्न सकिन्छ ।

सलमान खानले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका छन्, ‘मेरो माटो, मेरो देश, भारतलाई सलाम ।’

सलमान खानले नयाँ पोस्टरको सोसल मिडियामा शेयर गरेका छन् । पोस्टरमा सलमान खानले नेवी अफिसरको भूमिका निभाएको कहानी देखाइएको छ ।

पोस्टमा लेखिएको छ १९७५ । पोस्टरमा समुद्र र एक पानीजहाज पनि देखिन्छ । तीन पोस्टरमा सलमान खानलाई फरक–फरक रुपमा देखिएका छन् ।

फिल्मको एक पोस्टरमा सलमान खानलाई बूढो रुपमा देखाइएको छ भने अर्कोमा उनलाई जवान देखाइएको छ ।

पोस्टरका आधारमा सलमान खानको भूमिका महत्त्वपूर्ण भएको देख्न सकिन्छ । अली अब्बास जफरले निर्देशन गरेको यो फिल्म निर्माण अतुल अग्निहोत्री र भूषण कूमारको ब्यानरमा बनिरहेको छ । फिल्म ५ जूनमा इदको मौका पारेर रिलिज हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...