भारतिय सिनेमा समिक्षक भन्छन् : कलंक डिसापोइन्टिङ

काठमाडौं । धर्मा प्रोडकसनमा बनेको चलचित्र कलंकको चर्चा परिचर्चाले यतिबेला बलिउड तातेको छ । हुसैनाबाद नाम गरेको एक काल्पनिक शहरमा आधारित चलचित्र हेरिसकेपछी दर्शक तथा सेलेब्सहरुले मिश्रीत प्रतिकृया दिएका छन् ।


विशेष गरी भारतीय सिनेमाका समीक्षकले कलंकलाई ‘डिसापोइन्टिङ्ग' भएको बताएका छन् । भारतका चर्चित सिनेमा ट्रेड एनालिस्ट तरण आदर्शले २ रेटिङ दिँदै यसलाई निराशाजनक रहेको लेखेका छन् । उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा सिनमाको पहिलो हाफ कमजोर र दोस्रो हाफ भने हेर्न लायक रहेको भनि लेखेका छन् । 

भारतिय सिनेमा समिक्षक  भन्छन् : कलंक डिसापोइन्टिङ

यसैगरी बिभिन्न समिक्षकले कलंको कथा बस्तु एक ठाँमा जमेको प्रेम र द्वन्दलाई सँगसँगै लानको लागी कती चुकेको हो कि भन्ने  राय व्यक्त गरेका छन् । वरुण धवन, आलिया भट्ट, सञ्जय दत्त, सोनाक्षी सिन्हा, माधुरी दीक्षित र आदित्य रोय कपूरको मुख्य भूमिका रहेको चलचित्रमा आलिया र बरुणको तारिफ गर्न भने कसैले छोडेका छैनन् ।  

प्रतिकृया दिनुहोस