आराम गर्न श्रीमतिसहित सुकुटे पुगे प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्द छल्दै सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्द गरेकै दिन बिहीबार दिउँसो प्रचण्ड पत्नी सीतासहित सुकुटे पुगेका हुन् । प्रचण्डसँगै नेकपाका नेता अग्निप्रसाद सापकोटा पनि सुकुटे पुगेका छन् । सापकोटा सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

आरामका लागि भन्दै पत्नी सीतासहित आएका प्रचण्डले बिहीबार सुकुटे बीच रिसोर्टमै बस्ने छन् । प्रचण्ड यसअघि पनि पटक–पटक आरामका लागि भन्दै सुकुटे पुग्ने गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...