नेपाल अन्तरीक्ष युगमा प्रवेश, पहिलो स्याटलाइट 'स्याट–१' अमेरिकाबाट प्रक्षेपण

प्रधानमन्त्री ओलीले दिए बधाई

 काठमाडौं । नेपालले आफ्नो पहिलो भू–उपग्रह (स्याटेलाइट ) ‘नेपाली स्याट १’ अन्तरिक्षमा सफल प्रक्षेपण गरेको छ । नेपाली झन्डा, विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को लोगोसहित आज बिहान २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियास्थित स्पेस कम्पनीको रकेटबाट स्याटेलाइट पठाइएको हो ।


‘नेपालीस्याट–१’ सँगै श्रीलंकाको रावन–१ र जापानको युगुसु भूउपग्रह प्रक्षेपण गरिएको नासाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूउपग्रह प्रक्षेपण भएकोमा संलग्न सबैलाई बधाई दिका छन् । प्रधानमन्त्री ओलीले आज विहान ट्वीट गर्दै नेपालको पहिलो भूउपग्रह नेपाली स्याट–१ प्रक्षेपण भएसंगै नेपाल पनि सेटलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सूचिमा जोडिएकोमा खुसी व्यक्त गरे ।   


स्याटेलाइट जापानको क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्युटेक) मा नेपालका २ र अन्य देशका ८ वैज्ञानिकले तयार पारेका हुन् । यसको आयु अधिकतम ३ वर्ष हुने र यसले खिचेका तस्बिरहरू सामान्य खालका हुने नास्टको प्रविधि विभाग प्रमुख डा. रवीन्द्र ढकाल बताए । स्याटेलाइटले देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना दिनेछ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...