यसकारण भारतमा भोट हाल्न पाउँदैनन् यी सेलिब्रिटी कलाकार

एजेन्सी । अहिले भारतमा लोकसभाको निर्वाचन जारी छ। केही प्रान्तमा पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ भने केही स्थानमा बिहीबार दोस्रो चरणको निर्वाचन हुँदैछ। पहिलो चरणको निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको र दोस्रो चरणको निर्वाचनको तयारी पनि सम्पन्न भएको भारत सरकारले जनाएको छ।


भारतीय निर्वाचनलाई लिएर बलिउडका कारकारहरु पनि उत्साहित हुने गरेका छन्। कतिपय कलाकार त खुलेरै कांग्रेस र भाजपा लगायतका दलको चुनाव प्रचार प्रसारमै उत्रिएका छने् भने कतिपय कलाकारले दल नखुलाईकन जनतालाई आफ्नो प्रतिनिधि छान्न अनुरोध गरिरहेका छन्।

 

 

भारतमा कतिपय यस्ता कलाकार पनि छन् कि उनीहरुले भारतीय जनतालाई भोटका लाथिग अनुरोध गरे पनि आफैँ भने भोट हाल्न पाउँदैनन्। बलिउडका खेलाडीका रुपमा परिचित अक्षय कुमार, अभिनेत्रीहरु कैटरिना कैफ, दीपिका पादुकोन, आलिया भट्ट लगायतका कलाकारहरुले भोट हाल्न पाउँदैनन्।

भारतीय जनतालाई भोटका लागि अनुरोध गरेका अक्षयकुमार आफंै भने भोट हाल्न पाउँदैनन्। थुप्रै देशभक्त भारतीय फिल्ममा काम गरेका उनी आफैँ भने भारतीय नागरिक होइनन्। मिडिया रिपोर्टका अनुसार अक्षयसँग क्यानडाको नागरिक हुन। त्यसकार उनी भारतमा मतदान गर्न पाउँदैनन्।

 

 

त्यस्तै अभिनेत्री आलिया भट्टसँग बेलायतको नागरिकता भएका कारण भारतमा उनी मतदाताको सूचीमा उनको नाम छैन। उनले बेलायती आमाका तर्फबाट नगरिकता लिएकी छन्। पछिल्लो समय ‘राजी’ फिल्ममा भारतीय गुप्तचर दूतको भूमिका निर्वाह गरेका कारण उनी चर्चामा छिन्।

 

 

त्यस्तै अभिनेत्री दीपिका पादुकोन र कैटरिना कैफ पनि मतदानमा सहभागी हुन पाउँदैनन्। भारतलाई कार्यक्षेत्र बनाउँदै आएकी दीपिकासँग डेनमार्कको नागरिकता छ भने कैटरिनासँग बेलायतको नागरिकता छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...