प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम अनुमोदन

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलियाको नाम सर्वसम्मत अनुमोदन भएको छ । बुधबार संसदीय सुनुवाइ समितिबाट थपलिया सर्वसम्मत अनुमोदन भएको हो ।

समिति सभापति लक्ष्मणलाल कर्णका अनुसार थपलियाविरुद्ध संसदीय सुनुवाइ समितिमा नरोत्तम वैद्यले पार्टीमा संलग्न भएको भन्दै उजुरी गरेका थिए । पार्टीमा संलग्न व्यक्ति प्रमुख निर्वाचन आयुक्त हुन नसक्ने उनको तर्क थियो ।

निर्वाचन आयोगको प्रमुख आयुक्तमा सर्वसम्मत मनोनित थपलियाले आफूसँग पार्टी सदस्यता नभएको र लागेको आरोपबारे खोज्नुपर्ने बताए । थपलियाले तीन महिनाभित्रै उपनिर्वाचन गर्ने प्रतिवद्धता समितिमा जनाएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...