कार्यालय प्रमुख नहँदा सेवाग्राही समस्यामा

हुम्ला । जिल्लाको मालपोत कार्यालयमा विगत तीन महीनादेखि कार्यालय प्रमुख नहुँदा जिल्ला सदरमुकाम भन्दा  धेर टाढा देखि आउने सेवाग्राहीको समयमा काम नहँदा होटल मा नै बास बस्नु पर्दा निकै गाह्रो परेको सेवाग्राहीको भनाई रहेको छ ।

कर्मचारी समायोजनसँगै हुम्लाको मालपोतबाट कार्यलय प्रमुख सरुवा भएलगत्तै अहिलेसम्म निमित्तको भरमा कार्यालय सञ्चालन भइरहेको छ ।

सरुवा भएको महीनौँ दिन पुग्न लाग्दासमेत नयाँ कार्यालय प्रमुख नआउँदा मालपोत कार्यालयबाट प्रवाह हुने सेवामा समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् । कार्यालयको जिम्मा निमित्त कार्यालय प्रमुख मिमसिंह नेपालीले सम्हालिरहेका छन् ।

आफूलाई निमित्तको जिम्मा दिए पनि अधिकार नदिएका कारण अन्तिम अवस्थामा हरेक दिन कार्यालयमा जग्गासम्बन्धी रजिस्ट्रेशन तथा नामसारी गर्नेको सङ्ख्या धेरै आउने गरेता पनि सेवाग्राहीले खाली हात फर्कन बाध्य भएको उनले बताए ।

अहिले मालपोत कार्यालय कम्प्युटर अपरेटर मिमसिंह नेपालीले कार्यालय सम्हालेको बताए । तीन महीनादेखि कार्यालय प्रमुख नहुँदा जग्गा पास, राजीनामा, नामसारी, रजिष्ट्रेशन, वकपत्रजस्ता काम रोकिएको मिमसिहंले बताएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...