कस्तो होला प्रियंका र दिलीपको पशुपतिमा सुनैको गजुर ? (हेर्नुस् भिडियो)

काठमाडौं । कुनै जमानामा स्टार दिलिप ररायमाझी र अहिलेकी हट नायीका प्रियंका कार्की ‘पशुपतिमा सुनैको गजुर’ भन्दै एकैसाथ पहिलोपटक झुल्किएका छन् । 

 ‘पशुपतिमा सुनैको गजुर’ बोलको गीतको म्युजिक भिडियोमार्फत नयाँ वर्षकै दिन रायमाझी र कार्की देखा परेका छन् । 

दुर्गा खनाल घिमिरेको शब्दमा तयार भएको सो गीतमा प्रताप दास र मेलिना राईले स्वर दिएका छन् । वसन्त सापकोटाको संगीत रहेको  ‘पशुपतिमा सुनैको गजुर’ को भिडियो चाहिँ भोजपुरी फिल्ममा एक्सन निर्देशनबाट नाम कमाएका चन्द्र पन्तले निर्देशन गरेका छन् ।

 ‘पशुपतिमा सुनैको गजुर’ को भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफी गरेका छन् भने डी फोर क्रियशनले म्युजिक भिडियोलाई युटुव च्यानलमार्फत नयांँ २०७६ को अवसर पारेर सार्वजनिक गरेको छ ।  

Video

प्रतिकृया दिनुहोस