‘बिर विक्रम २’ मा बर्षा र पलको यस्तो 'बाचा' (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘बिर विक्रम २’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘वाचा’ बोलको गीत सार्वजनिक गरिएको हो । तारा प्रकाश लिम्बू र दिपा लामाको स्वर रहेको गीतमा नरेश भट्टराईको शब्द रहेको छ भने तारा प्रकाश लिम्बूले नै संगीत भरेका छन् । उक्त गीतमा नायिका वर्षा सिवाकोटी र नायक पल शाह फिचरिङ गरिएको छ ।

मिलन चाम्सको निर्देशन तथा निर्माण रहेको चलचित्रमा नाजिर हुसेन, पल शाह र वर्षा सिवाकोटी मुख्य भूमिकामा छन् । नाजिर, पल र वर्षासँगै बुद्धि तामाङ, देशभक्त खनाल, बिनिशा भण्डारी, बिनोद सुवेदी, मनिष लिम्बू, मनोज केसी लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।

चाम्स इन्टरटेनमेन्टमा बनेको यस चलचित्रमा बनिस शाहको सम्पादन, प्रदिप भारद्धाजको लेखन रहेको छ भने चलचित्रलाई नवराज उप्रेतीले खिचेका छन् । बिर विक्रम २ आउँदो जेठ ३ गते देखि प्रदर्शन हुँदैछ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...