पाँच बुँदे घोषणापत्र जारी गर्दै सकियो तामाङ चलचित्र महोत्सव

काठमाडौं । पाँच बुँदे घोषणापत्र जारी गर्दै तामाङ चलचित्र महोत्सव सकिएको छ । तामाङ चलचित्र संघको आयोजनामा काभ्रेको भकुण्डेमा सम्पन्न तिन दिने तामाङ चलचित्र महोत्सब पाँच बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

तामाङ चलचित्र संघका अध्यक्ष एवं कलाकार विकु थोकरको नेतृत्वमा सुरु भएको महोत्सव तीन दिनसम्म चलेको थियो । तामाङ चलचित्रको विकास एवं प्रर्वधनका लागि आयोजना भएको महोत्सवमा देशभरका तामाङ चलचित्रकर्मी भेला भएका थिए ।

‘हाम्रो कला हाम्रो पन तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने नाराका साथ भएको महोत्सवमा आप्लेङगा नाम्सा, रुङसी टिला, सेमरिन मुला माया, श्होङ र सेर्कु नामक ५ चलचित्र प्रर्दशनी गरिएको थियो । जसमा आप्लेङला नाम्सा उत्कृष्ठ चलचित्र घोषणा भएको थियो ।

उत्कृष्ठ भएको सो चलचित्रलाई प्रोत्साहन स्वरुप ५१ हजार नगद पुरस्कार सहित सम्मानपत्रबाट सम्मानित गरिएको थियो । महोत्सवमा तामाङ कला झाँकी बुद्दचित्त मालासहित तामाङ खानाको पनि प्रर्दशनी गरिएको थियो ।

प्रतिकृया दिनुहोस