अदालतका माननीय ज्यूहरुले नै गलत शिर्षकमा निकाले खर्च

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीकै नाममा देखियो ४३ लाख बेरुजु

Gopal parajuli supreme court

काठमाडौं । प्रधानन्यायाधीश र न्यायाधीशसहित अदालतका पदाधिकारीले ‘तलव शीर्षक’ मा लिएको पेस्की लिएर विदेश भ्रमण गरेको रहस्य खुलेको छ । यतिसम्म की २७ जना पदाधिकारीले लिएको सो पेस्की अहिलेसम्म पनि फरफारक नगरेको पाइएको छ ।

महालेखा परिक्षकको कार्यालयले हालै जारी गरेको प्रतिवेदनमा विदेश भ्रमणका लागि ‘तलब खर्च’ शीर्षकबाट नियमविपरीत १ करोड ५ लाख १६ हजार रुपैयाँ लिएर पनि समयमा फरफारक नगरेको उल्लेख गरेको छ । कतिपय पदाधिकारीले त अवकाश भइसक्दा समेत नियमबमोजिम पेस्की फरफारक गरेका छैनन् ।

आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ७५ ले भ्रमणका लागि लिएको पेस्की भ्रमण पूरा भएको ३५ दिनभित्र फस्र्योट गर्नुपर्ने व्यवस्था गरेको छ । महालेखाको सो प्रतिवदनमा खर्च शीर्षक फरक पारेर सर्वोच्च अदालतले पेस्की दिएको भन्दै असुल गर्न निर्देशनसमेत दिएको छ ।

प्रतिवेदनअनुसार सबैभन्दा बढी पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीका नाममा बेरुजु छ । उनले विदेश भ्रमणका लागि लिएको ४२ लाख ९० हजार रुपैयाँ पेस्की लिएका थिए । जुन अहिलेसम्म बेरुजु छ ।

सर्वोच्चकै न्यायाधीश मीरा खड्कालाई २ लाख ३० हजार ६ सय ५७, डा. आनन्दमोहन भट्टराईलाई २ लाख ६९ हजार ८ सय २, अवकाशप्राप्त सर्वोच्चकै न्यायाधीश शारदाप्रसाद घिमिरेलाई २ लाख १४ हजार, उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई १४ लाख २१ हजार ९ सय ८१, उच्चकै न्यायाधीश हरिकुमार पोखरेललाई ६१ हजार ७ सय ८, चण्डिराज ढकाललाई ७० हजार, राजकुमार वनलाई २ लाख १४ हजार र नवनियुक्त उच्चका न्यायाधीश महेन्द्रनाथ उपाध्यायलाई ३ लाख ४४ हजार रुपैयाँ दिइएको छ ।

जिल्ला न्यायाधीशहरू विदुर कोइरालाले १० लाख ९० हजार, डा. श्रीकृष्ण भट्टराईले ४८ हजार २ सय १७, शिवबहादुर रानाभाटले ३५ हजार ८ सय २६, कृष्णप्रसाद पौडेलले ५३ हजार ८ सय १२, सर्वोच्चका सहरजिस्ट्रार विमल पौडेलले ७८ हजार, उपरजिस्ट्रार रामप्रसाद पौडेलले ९ लाख ९६ हजार ५ सय, शाखा अधिकृत श्रद्धा रिजालले ६६ हजार र सरोजराज रेग्मीले ५४ हजार रुपैयाँ विदेश भ्रमणका लागि बुझेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...