‘नन्दी भृंगी भेला भएर आन्दोलन गर्छौं भनेछन्’ यो आपत्तिजनक छ : कांग्रेस

जिम्मेवार भएर देशको नेतृत्व गर्न प्रधानमन्त्री ओलीलाई प्रवत्ता शर्माको आग्रह

Congress party office

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ ।

सरकारको अपरिपक्व र अदूरदर्शी शैलीका कारण अन्तराष्ट्रिय क्षेत्रमा मुलुकको छविमा ह्रास आएको, मुलुकमा तीव्र ढंगले खस्किएको शान्ति सुरक्षाको स्थितिप्रति प्रधानमन्त्री गम्भीर नदेखिएको कांग्रेसले जनाएको छ । 

अधिकार वाँडफाँड, राज्यका तहगत संरचनाहरुको निर्माण र हस्तान्तरण, कर्मचारी समायोजन र उचित वजेट प्रवन्ध हुन नसकेको र केही प्रदेशहरुको नामाकरण र राजधानीको टुंगो समेत लगाउन नसकेको कांग्रेसले जनाएको छ । यस्तै संविधानले राष्ट्रिय सुरक्षा परिषदलाई प्रत्याभूत गरेको सेना परिचालन सिफारिसको अधिकार हनन् गर्ने विधेयक ल्याएर परिषद्लाई प्रधानमन्त्रीको लाचार छायाँ बनाउने दुस्प्रयास गरिएको कांग्रेसको आरोप छ ।

आइतबार प्रधानमन्त्री ओलीले विपक्षी दलहरुतर्फ संकेत गर्दै ‘नन्दी भृंगी भेला भएर आन्दोलन गर्छौं भनेछन्’ भन्दै आक्रोश पोखेका थिए । प्रधानमन्त्री ओलीले बुढाबुढीले सुन्ने गरी आन्दोलन गर्छु भने लठ्ठी लगाउने र केटाकेटीको छेउमा भने ढुंगा हान्ने ? भनी प्रश्न गरेका थिए ।

प्रधानमन्त्री ओलीको सो अभिव्यक्ति प्रति चौतर्फी रुपमा आलोचना पनि भइरहेको छ । यही बेला नेपाली कांग्रेसले पनि ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । बुढी गण्डकी परियोजना विना प्रतिस्पर्धा विदेशी कम्पनीलाई स्वयं प्रधानमन्त्रीले सुम्पनु राष्ट्रघात र भ्रष्टाचार किन होइन भन्दै कांग्रेसले प्रश्न गरेको छ। वुद्धिजीवीलाई थला पार्ने चेतावनी दिनु, विपक्षी दललाई नन्दीभृङ्गीको संज्ञा दिनु प्रधानमन्त्रीका आपत्तिजनक अभिव्यक्ति भएको भन्दै कांग्रेस भत्र्सनासमेत गरेको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताए । उनले यस्ता किसिमको अभिव्यक्तिको कांग्रेसले घोर भत्सना गर्ने बताए । कांग्रेस उपसभापति विमलेन्द्र निधिले भने, ‘प्रधानमन्त्रीले जे भन्नुभएको छ, त्यो आपत्तिजनक छ ।’

यसअघि प्रधानमन्त्रीले निर्देशन दिँदा पनि सत्तारुढ दलका कार्यकर्ता अरिंगाल नबनेको भन्दै निधिले धन्यवाद व्यक्त गर्न चाहेको बताए । कार्यकर्ता अरिंगाल नबनेपछि प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको उनको आरोप थियो ।

सो पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीलाई जिम्मेवार भएर देशको नेतृत्व गर्न आग्रह गरे । अघिल्लो वर्ष जे जस्तो भए पनि नयाँ वर्षमा जिम्मेवार अभिव्यक्ति, जिम्मेवार व्यवहार गर्न उनले आग्रह गरे ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले जिम्मेवार अभिव्यक्ति र व्यवहार साथ जिम्मेवार ढंगले सरकारको नेतृत्व गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत गराए । उनले २०७५ सालमा सरकारले काम गर्न नसके पनि अब छोटो समयमै प्रशस्त कार्य गर्ने अपेक्षा रहेको बताए । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा विभिन्न सात बुँदामा सरकारप्रति व्यङ्ग्य गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...