१२ वर्षका कान्छासँग रोमान्स गर्दै मलाइका

Malaika arora khan

मुम्बई । केही दिनअघि बिदा मनाउँदै गरेका अर्जुन कपुर र मलाइका अरोराको तस्बिर सार्वजनिक भयो । अहिले उनीहरु अफेयरका कारण चर्चामा छिन् । कतिपय सञ्चारमाध्यममा उनीहरूबीच चाँडै नै विवाह हुने खबर यसअघि नै आएको थियो ।

कतिपय सञ्चारमाध्यमले उनीहरूको विवाह आगामी वर्ष हुने बताउँदै आएका छन् । मलाइका र अर्जुनको उमेर १२ वर्षले फरक छ । मलाइकाले गत वर्ष मात्रै अरवाज खानसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । उनीहरूका तर्फबाट १५ वर्षे छोरा छन् । उनीहरू २१ वर्षसम्म वैवाहिक सम्बन्धमा थिए । अर्जुन भने अविवाहित हुन् ।

उता अरवाज पनि रोमानियाकी सुन्दरीसँगको प्रेम सम्बन्धका कारण चर्चामा छन् । उनीहरूले पनि चाँडै विवाह गर्ने भारतीय सञ्चारमाध्यमले बताएका छन् । मलाइका अर्जुनसँगै खुलेरै देखिएपछि उनीहरूबीच सम्बन्ध विच्छेद भएको बताइन्छ । तर, उनीहरूको जोडी नमिलेको भन्दै धेरैले खिल्लीसमेत उडाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...